सुनचाँदीको असर्फी किन्न अब नागरिकता लगायतका परिचयपत्र चाहिने

  • कालिका खवर
  • मङ्लबार, साउन १५, २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बेच्ने सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकतालगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ ।

    केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मंगलबार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्यूटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो ।

    असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने बताएको छ ।

    तर, विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नु पर्ने केन्द्रीय गरेको जानकारी दिएको छ । खासगरी धर्मसंस्कृति र आस्थासँग जोडिएको सुनचाँदीको असर्फी केन्द्रीय बैंकले दसैं तिहारसँगै अन्य विशेष चाडपर्व तथा धार्मिक कार्यक्रमहरूमा उपलब्ध गराउने गर्छ भने कसैको वा कम्पनी संस्थाको विशेष समयमा छापिने स्मारिका सिक्का र मेडालियनहरु समेत राष्ट्र बैंकले उपलब्ध गराउने गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs