पहिरो प्रभावित भारतको केरलामा स्थगित भएको उद्धार कार्य बिहानै शुरु हुने

  • कालिका खवर
  • बुधबार, साउन १६, २०८१
  • भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य गएराति रोकिएको छ । पानी पर्न रोकिए पनि अझै पहिरोको जोखिम रहेकाले राति उद्धारको काम रोकिएको हो ।

    अहिले बिहान ७ बजेदेखि फेरि काम शुरु गर्ने पहिरो प्रभावित क्षेत्र  वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ ।

    वायनाडमा हिजो बिहान पहिरो खस्दा अहिलेसम्म सय जनाको ज्यान गएको छ भने सय जनाभन्दा धेरै घाइते भएका छन् । धेरै घरहरू बगाउँदा झण्डै ८ सय जना फसेकामा ७ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

    ठूलो पानी परेपछि खसेको पहिरोको घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

    केरला सरकारले आज र भोलि दुई दिने शोकको घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs