सुरक्षित यौन सम्पर्कका लागि प्रायः कण्डमको प्रयोग गरिन्छ । जुन राम्रो बानी हो । यसले यौन सञ्चारित रोगहरूका साथै एचआईभी जस्ता अन्य यौन सञ्चारित रोगको जोखिम पनि कम गर्छ । त्यस्तै विभिन्न प्रकारको लुब्रिकेन्ट यौन सम्पर्कको बेला हुने जलन कम गर्न प्रयोग गरिन्छ । तर यिनीहरूको प्रयोगले विभिन्न समस्या पनि निम्तन सक्छ । कण्डम र लुब्रिकेन्ट प्रयोग गर्ने व्यक्ति क्यान्सर र बाँझोपनबाट ग्रस्त हुनसक्छन् ।
कण्डम र लुब्रिकेन्टमा हानिकारक रसायन
पर्यावरण संरक्षण एजेन्सीद्वारा एउटा अध्ययन गरिएको थियो, जसले धेरै राम्रा र प्रसिद्ध ब्रान्डका कन्डम र लुब्रिकेन्टहरूले हानिकारक रसायन प्रयोग गरेको उल्लेख गरेको छ । अध्ययनअनुसार तिनीहरूलाई बनाउनमा ‘पीएफएस’ १५ हजार सिंथेटिक रसायनहरूको समूह प्रयोग गरिन्छ । यी रसायन धेरै ब्रान्डका अल्ट्रा–थिन कन्डम र जेली लुब्रिकेन्टहरूमा पाइने पुष्टि भएको छ । ‘पीएफएस’सामान्यतया कन्डमहरूमा तिनीहरूको नरमपना र तरलता कायम राख्न प्रयोग गरिन्छ ।
क्यान्सर हुनसक्छ
‘पीएफएस’मा गरिएका केही अध्ययनअनुसार यसको एक्सपोजरले क्यान्सरको जोखिम पनि बढाउँछ । कहिलेकाहीं यसले अण्डकोषको क्यान्सरका साथै मिर्गौलाको क्यान्सर पनि निम्त्याउन सक्छ । कतिपय अवस्थामा यसको अत्यधिक प्रयोगले बाँझोपनसम्बन्धी समस्या पनि निम्त्याउन सक्ने अध्ययनले देखाएको छ । साथै यस रसायनको एक्सपोजरले प्रोस्टेट क्यान्सरका साथै स्तन क्यान्सरको जोखिम बढाउँछ । इन्डोमेट्रियल क्यान्सर बाहेक यसले थाइरोइड क्यान्सर पनि निम्त्याउन सक्ने पाइएको छ ।
‘पीएफएस’ले गर्ने अन्य हानि
कण्डम तथा लुब्रिकेन्टमा हुने यी रसायनको सम्पर्कमा आएर पुरुष र महिला दुवैमा विभिन्न समस्या निम्तन सक्छ ।
विज्ञहरूका अनुसार हप्तामा दुई पटकभन्दा बढी कण्डमको प्रयोग गरेमा योनीको भित्री तह र झिल्लीमा रहेको संवेदनशीलता बिस्तारै गुम्न थाल्छ । जसकारण महिलाको योनीबाट तरल पदार्थको स्राव कम हुन्छ वा पूर्ण रूपमा बन्द हुन्छ, जसले योनीमा दुखाइ वा सुक्खापन निम्त्याउन सक्छ ।
विज्ञहरूका अनुसार‘पीएफएस’को एक्सपोजरले शुक्राणुको संख्यालाई असर गर्छ, जसले बाँझोपन निम्त्याउन सक्छ । ‘पीएफएस’ को एक्सपोजरले कलेजो क्षतिको साथै थाइराइड समस्या निम्त्याउन सक्छ ।
यो केमिकलले कहिलेकाहीं रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनुका साथै अन्य समस्या पनि निम्त्याउन सक्छ ।