आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • कालिका खवर
  • आइतवार, साउन २०, २०८१
  • आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुनी वायुको प्रभावका कारण देशभर आँशिकदेखि सामान्य बदली रही धेरै ठाउँमा सामान्य वर्षा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

    यस्तै आज राति पनि कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

    अहिले देशका धेरैजसो ठाउँमा साधारणतया बदली रहेर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा सामान्य वर्षा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs