आज रातिदेखि मनसुन थप सक्रिय हुने

  • कालिका खवर
  • सोमवार, साउन २१, २०८१
  • आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।

    काठमाण्डौमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ ।

    महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs