भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङमती लगियो

  • कालिका खवर
  • सोमवार, साउन २१, २०८१
  • वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।

    वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहण गरी शुरु भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा हिजो जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।

    हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने चलन छ ।

    १२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने चलन भए पनि अरु वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चार जना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जनाउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs