काठमाडौँ । मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् ।
बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ। मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् । साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ