देशका धेरै ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

  • कालिका खवर
  • बुधबार, साउन २३, २०८१
  • मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा अहिले पानी रोकिए पनि दिउँसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको बाह्रबिसेमा १ सय ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    यस्तै कञ्चनपुरको सुन्दरपुरमा ७९ दशमलव ८ मिलिमिटर पानी परेको छ । इलामको कन्याममा ६८ दशमलव २, सोलुखुम्बुको पिकरनसमा ६५ दशमलव २, अछामको असारघाटमा ६५ मिलिमिटर पानी परेको छ । धनकुटा, दैलेख, तेह्रथुम, खोटाङ लगायतका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs