भारतसँगको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काको ऐतिहासिक जित

  • कालिका खवर
  • बिहिबार, साउन २४, २०८१
  • श्रीलङ्काले भारतसँगको ३ खेलको एकदिवसीय  श्रृङ्खला २७ वर्ष पछि जितेको छ । घरेलु टोली श्रीलङ्काले भारतसँगको  एकदिवसीय  श्रृङ्खला २–० ले जितेको हो । श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल घरेलु टोली श्रीलङ्काले १ सय १० रनले जितेको छ ।

    हिजो श्रीलङकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर १ बलमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।

    यसअघि श्रृङ्खलाको पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खेल श्रीलङ्काले ३२ रनले जितेको थियो । सन् १९९७ मा श्रीलङ्काले पछिल्लो पटक भारतसँगको  एकदिवसीय  श्रृङ्खला जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs