हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा

  • कालिका खवर
  • बिहिबार, साउन २४, २०८१
  • काठमाडौँ। हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। आज राजधानी काठमाडौँमा रहेको जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम कम्पिटिसन होइन। कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन र म्युजिक नेपालको यु ट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।

    देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनी हरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समान अधिकारीले बताए । मासिक तलवमा काम गर्ने रोजगारी सृजना गर्ने उदेश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिए । चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यस बाट प्रखर कमेडियन उत्पादन हुने उनले बताए। आजैबाट डिजिटल अडिसन सुरु भएको छ। डिजिटल अडिसनको लागि ९७६३२३३६८५ नम्बरमा २ मिनेट सम्मको भिडियो बनाएर व्हाट्स एप मार्फत पठाउन सक्नेछन् ।

    कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए।


    कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोश खनाल, सुदिप खतिवडा,सरोज भण्डारीले प्रशिक्षण दिनेछन्।
    कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।

    लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य,म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगाएतको उपस्थिति रहेको थियो।

    फोटो- बद्री थापा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs