नेपालको सबैभन्दा सुरक्षित विघुवित्तीय वालेट भनेकै ‘आइएमई पे’

  • कालिका खवर
  • शुक्रबार, साउन २५, २०८१
  • आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट ‘आइएमई पे’ले नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ ।

    कम्पनीकाअनुसार सेवाग्रहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

    यो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि ‘आइएमई पे’ले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको छ । ‘आइएमई पे’ल अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

    ‘आइएमई पे’ले मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत ‘आइएमई पे’ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs