सुदूरपश्चिममा माओवादी प्रमुख सचेतकमा गीतादेवी माल

  • कालिका खवर
  • मङ्लबार, साउन २९, २०८१
  • धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् ।

    मंगलबार संसदीय दलकाे बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेकाे उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

    यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलकाे नेता बनेपछि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे ।

    प्रमुख प्रतिपक्षी दल समेत रहेकाे माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs