बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

  • कालिका खवर
  • बिहिबार, भदौ २७, २०८१
  • ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवम् बीएनपीकी अध्यक्ष खालिदा जिया बिरामी परेकी छिन् । स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ‘बेगम जिया बिरामी परेपछि मेडिकल बोर्डको सल्लाहमा उनलाई हिजो राति नियमित चेकअप र निरीक्षणका लागि अस्पताल लगिएको थियो र पछि भर्ना गरियो,’ उनको निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बीबीसी बंगलालाई भनेका छन् । राति केही परीक्षणपछि बिहान पनि खालिदा जियाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

    ७९ वर्षीया जिया लामो समयदेखि मधुमेह, सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मिर्गौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित थिइन् । हालै बंगलादेशमा चलिरहेको सत्ता विरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर विदेश भागिन् । त्यसपछि अन्तरिम सरकारले खालिदा जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो । जेलबाट छुटेपछि स्वास्थ्यलाभको लागि उनी अस्पतालमा भर्ना भएर कयौँ दिनपछि मात्रै डिस्चार्ज भएकी थिइन् । जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा जेलमा थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs