उपसभामुखबारे एमाले र रास्वपा प्रमुख सचेतकबीच सवालजवाफ

  • कालिका खवर
  • आइतवार, भदौ ३०, २०८१
  • काठमाडौं। उपसभामुख इन्दिरा रानाबारे नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच सवालजवाफ भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार सुरुमा एमालेका मुख्य सचेतक बर्तौलाले उपसभामुखको विषय उठाएका थिए । आफूहरुले हटाउने तयारी नगरेको तर, रास्वपाको तर्फबाट हटाउने तयारी भएको भनेर संसदमै राखेको भनेर विषय राखेका थिए । रास्वपाका प्रमुख सचेतक परियारले लगत्तै जवाफ फर्काए, ‘धन्यवाद।’

    उपसभामुखले अमेरिकी दूतावासलाई पत्र लेखेको भनेर सत्तारुढ दलहरूले नैतिकताको प्रश्न उठाउँदै आएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले उपसभामुखलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो । nएमालेका सांसदहरूले संसद बैठकमा बोल्दै उपसभामुखको राजीनामा नै मागेका थिए । तर, १९ महिना अगाडिको विषयमा विवाद झिकेको भनेर विपक्षी दलहरूले सत्तारुढ दलहरूको आलोचना गरेका छन् । उपसभामुख हटाउन प्रतिनिधि सभामा दुईतिहाइ मत आवश्यक पर्छ। सत्तारुढ दलले दुईतिहाइ मत जुटाउन समेत मुस्किल हुने निचोडका लागि उपसभामुखमाथिको प्रश्न तत्काललाई थाँती राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs