मधेश प्रदेशमा आज सार्वजनिक बिदा

  • कालिका खवर
  • सोमवार, भदौ ३१, २०८१
  • जनकपुरधाम । मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज मधेश सरकारले सार्वजनिक बिदा दिएको छ ।गृह, संचार तथा कानुन मन्त्रालयले शुक्रबार नै सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा रहेको जनाएको थियो ।

    मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको हो ।संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीहरूलाई मात्रै बिदा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs