युरोपमा बाढीका कारण मर्नेको सङ्ख्या बढ्यो

  • कालिका खवर
  • सोमवार, भदौ ३१, २०८१
  • भियना । विनाशकारी बाढीका कारण मध्य र पूर्वी युरोपमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । बाढी र भारी हिमपातको चपेटामा अस्ट्रिया, चेक गणतन्त्र, जर्मनी हंगेरी, पोल्यान्ड, रोमानिया र स्लोभाकिया आएका छन् । पानीमा चुर्लुम्म डुबेका घरहरूबाट अधिकारीहरूले मानिसहरूलाई निकालेका छन् । अनलाइन र सामाजिक सञ्जालमा देखिएका फोटोहरूमा कारहरू पानीमा डुबेको, व्यवसायहरू चौपट भएको र मानिसहरू अलपत्र भएको तस्बिरहरू देखिएका छन् । विषम मौसमका बिच कयौँ सहरहरू हिउँ पुरिएका छन् ।

    अस्ट्रियामा बाढीको चपेटामा परेका मानिसहरूलाई बचाउने उद्धार कार्य जारी राख्दा एक फायर फाइटरको ज्यान गएको छ । पोल्यान्डमा पनि एक जनाको मृत्यु भएको छ । रोमानियामा पनि भारी वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको समाचार छ । चेक गणतन्त्रमा मृत्युको सही तथ्याङ्क अझै थाहा छैन । अस्ट्रियाको राजधानी भियनासँग जोडिएको प्रान्तलाई ‘प्रकोप क्षेत्र’ घोषणा गरिएको छ । त्यहाँका नेताहरूले यसलाई अप्रत्याशित र डरलाग्दो अवस्था भनेका छन् । पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् । चेक रिपब्लिकले पनि भारी वर्षा को सामना गरिरहेको छ । कतिपय क्षेत्रमा तीन महिनामा पर्ने पानी तीन दिनमै परेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs