तिर जस्तै दिशाविहीन भै बत्तिएको शाम्बाला फिल्म 

  • कालिका खवर
  • सोमवार, भदौ ३१, २०८१
  • काठमाडौं । गत हप्ता निकै चर्चा सहित शाम्बाला फिल्मको प्रीमियर भएको थियो ।  फिल्मले केहि अन्तर्राष्ट्रिय मंचमा समेत उपस्थिति जनाएको थियो ।  निर्देशक मिन भामले यस अघि कालोपोथि फिल्म बनाएका थिए ।  बिगत ६-७ वर्ष देखि नै उनले दोश्रो फिल्मको तयारी गरेको बताएका थिए ।  भनिन्छ शाम्बालाका लागि निर्देशक मिनले १४ करोड रुपैयाँ जुटाएका थिए ।  फिल्मको प्रीमियरमा प्रसिद्ध कलाकार नवाजुद्दीन सिद्दिकी र निर्देशक अनुराग कश्यपलाई समेत नेपालमै बोलाएका थिए ।
    तर अरु जे भए पनि मुख्य कुरा फिल्मको हो । रिलिज अघि जेजति हल्ला चर्चा कमाए पनि रिलिज पछि फिल्म दर्शक कहाँ पुगेपछि के हुन्छ भन्न सकिन्छ ।  कालिकाखबर टिमले पनि फिल्म हलमै गएर हेर्यो । फिल्म बाहिर चर्चा गरे जति अब्बल होइन ।  नेपालमा यत्तिको फिल्म बन्नु राम्रै भएपनि अन्तररास्ट्रीय स्तरमा यस्ता फिल्म धेरै बनेका छन् ।  अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलको ट्याग देखाएर मिन भामले नेपाली फिल्म मेकरलाई छल्न खोजेको जस्तो देखिन्छ ।  उसो त यस अघि पनि अन्तर्राष्ट्रिय फेस्टिवलको भन्दै स्तरहीन फिल्महरु देखाउने गरिएको थियो ।  तर शाम्बाला सारै नराम्रो फिल्म भने हैन ।  उसो त शाम्बालाले अझै पनि दर्शकको खास साथ् पाइरहेको छैन ।
    हाल सम्म शाम्बालाको चर्चा प्रीमियरमा बोलाइएकोहरुले मात्र गरेका छन् ।  फिल्म १४ करोड खर्चेको जस्तो पनि देखिन्न ।  हुनत पैसा सबै फ्रेममा देखिन पर्छ भन्ने होइन फिल्म बन्नु अघि र पछि पनि खर्च हुन्छ सुटमा मात्र खर्च हुने होइन । निर्देशकीय क्षमतामा पनि भाम कालोपोथि भन्दा अघि बढेको देखिन्न ।  नयाँ ठाउँको कथा खिच्ने बित्तिकै त्यो नयाँ हुने होइन । फिल्म अलि पुरानै स्टाइलमा बनेको जस्तो लाग्छ ।  फिल्ममा हिमाल देखेर खुसि हुने रमाउने नेपालीहरुको पुरानै बानि हो ।  हिमाल , चौरीं र चैत्य देखाएर उनले चलाखी गरेका छन् ।  कलाकारहरुको अभिनय औसत नै लाग्छ।  फिल्मको मुख्य कलाकारले हानेको तिर कता लाग्छ भन्ने कुरा दर्शकहरुले थाहा नपाए जस्तै निर्देशक भामले पनि फिल्म अलमल अलमल मै बनाए जस्तो देखिन्छ ।
    मिन भामलाई सुझाव छ – हिमालवस्तीको दैनिकी , दिनचर्या , जीवनी खिच्दैमा त्यो राम्रो फिल्म बन्दैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs