पछिल्लो २४ घण्टामा १५० मिलिमिटर वर्षा

  • कालिका खवर
  • शुक्रबार, अशोज ११, २०८१
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा कोशी र मधेस  प्रदेशको थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा घनघोर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले  सो समयावधिमा १५० मिलिमिटर वर्षा भएको जनाएको हो । साथै  कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै  स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै वर्षा मापन भएको छ।

    हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको  र आगामी आगामी २४ घण्टाका लागि देश भरनै मनसुन सक्रिय रही  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा  चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs