एमाले विद्यार्थी विङ्ग अनेरास्ववियु एउटा जल्दोबल्दो संगठन हो । पछिल्लो समय विद्यार्थी आन्दोलन कमजोर हुँदै गएको भन्ने आरोप छ भने एकातिर विद्यार्थी संगठन हुँदै हुनुहुन्न भन्ने मत पनि बलियो बन्दै गैरहेको छ । बिष्णु बिक अनेरास्ववियुको केन्द्रिय सदस्य हुन । बाजुरा जिल्ला बाट काठमाडौँ आइ सानै उमेरमा राजनीतिमा जम्न सफल बिष्णु बिक पार्टीको बाजुरा जिल्ला कमिटि सदस्य पनि उठिसकेका व्यक्ति हुन । प्रस्तुत छ विद्यार्थी राजनिती संग सम्बन्धित रहेर उनै संग गरिएको कुराकानी ।
१.तपाई कसरी एमाले र अनेरास्ववियु संग जोडिनु भयो ?
→ स्कुले जीवनदेखि नै मैले नेकपा एमाले गरिबदुखि उत्पीडनमा परेकाको पक्षमा बोलेको , लागेको देख्दै आए । र मलाई त्यसैले तान्दै तान्दै लग्यो । घरमा पनि मेरो बा राजनीति मै हुनुहुन्थ्यो । बाजुराको उपल्लो भेगको पाण्डुसैन गाविसको संस्थापक एमाले हुनुहुन्थ्यो । पछि म बिस्तारै ठुलो हुँदै गए र बुबाको राजनीति बाट प्रभावित हुँदै म एमाले नजिकै रहे । पछि क्याम्पस जीवनमा पनि अनेरास्ववियु नै ठिक लाग्दै गयो । तसर्थ म एमाले र यसको विद्यार्थी संगठन अनेरास्ववियु संग नजिकिदै यसमै आवद्ध भए ।
२.हाल तपाई अनेरास्ववियुको केन्द्रिय सदस्य जस्तो कमैलाई प्राप्त हुने जिम्मेवारीमा हुनुहुन्छ । यो कसरी सम्भव भयो जबकि तपाइँ भन्दा बढी उमेरकाहरु अझै जिल्ला कमिटि , प्रदेश कमिटि तिर छन् ।
→ यो कसरी भने म संगठनमा लाग्दा संगैका साथीहरु अहिले जिल्ला कमिटि , प्रदेश कमिटिका साथीहरु उतैतिर केन्द्रित , भूगोल मै केन्द्रित हुनुभो , म लामो समय अखिलकै केन्द्रिय उत्पीडित विद्यार्थी समन्वय कमिटिमा सक्रीय थिए , काठमाडौँलाई केन्द्रविन्दु बनाएर संगठनको काममा दौडीहाल्ने , प्रचार प्रसार गर्ने , संगठनको केन्द्रीय आन्दोलनमा दत्तचित्त भएर लाग्ने गरे । हाम्रो संगठनमा कामको उचित मुल्यांकन हुन्छ तसर्थ पनि म परे । म उमेरमा सानो भए पनि जिम्मेवारी बहन गरेको हिसाबले अरु कमिटिका साथि बराबरनै भएर नेतृत्वले विश्वास गरेको होला । तपाइले भने जस्तै २५ वर्षमै यति ठुलो संगठनको केन्द्रिय सदस्य हुनुमा मैले पनि गर्व महसुस गरेको छु ।
३. एकातिर विद्यार्थी राजनीतिले शैक्षिक क्षेत्र बिगार्यो यो अन्त्य गरिनु पर्छ भन्ने आवाज आइरहेको छ। त्यसमा तपाइको राय के छ ?
→ यो नयाँ दलहरुले ल्याएको षड्यन्त्र हो , अबुझपना हो । उनीहरु टुप्पा बाट पलाएकोले जमिनका समस्या , विद्यार्थीका समस्या , चासो उनीहरुलाई थाहा हुँदैन । न्युनतम पनि एउटा विद्यार्थीले ७ – ८ वर्ष क्याम्पसमा बिताउँछ । एउटा क्याम्पसमा देशका विभिन्न ठाउँबाट आएका हुन्छन जसले नयाँ ठाउँमा , नयाँ क्याम्पसमा अफ्ठेरो समस्या भोग्छन । विद्यार्थी संगठनले तिनैको सामान्य समस्याहरुमा सहयोग गर्दछ । विद्यार्थी संगठन मुलत शैक्षिक मुद्दा मै केन्द्रित भएको छ तर समयको पदचाप अनुसार संगठनले उठाउने मुद्दा राष्ट्रिय इस्यु बनिदिन्छ , राष्ट्रिय महत्वको विषय हुन जान्छ । होलान केहि समस्या होलान विद्यार्थी संगठन भित्र । त्यसलाई क्रमिक रुपमा सुधार्दै लैजानु पर्छ । विद्यार्थी संगठन नहुदो हो त तपाइले +२ पनि तेती सस्तोमा पढ्न पाउनु हुन्नथ्यो । अनेरास्ववियु कमजोर हुँदा मात्रै पनि यहाँ ठुलो शैक्षिक अराजकता देखा पर्छ ।
४. अर्को तिर फेरी विद्यार्थी राजनीति कमजोर भयो । पहिला जस्तो भएन । विद्यार्थी राजनीति भन्दा पनि पार्टी राजनीति जस्तो भयो भन्ने
छ नि ?
→ मेरो आखाँले हेर्दा विद्यार्थी राजनीति कमजोर भएको जस्तो लाग्दैन । अरुको थाहा हुने कुरा भएन हेर्नुस । तर जहाँ सम्म हाम्रो अखिल छ त्यसले चाहि निरन्तर शैक्षिक मुद्दा उठाइरहेको छ । हाम्रै पहल टियुको अहिलेको भिसी खुला प्रतिष्पर्धा बाट आउनु भयो जुन राम्रो सुरुवात भएको छ । नेपालमै पहिलो पटक विद्यार्थी महोत्सव गर्यौं । हेरीहाल्नु भयो हिजो र अस्तिको पानीले पारेको असरको बीचमा पनि टियुले परिक्षा गर्दै थ्यो , तर देशभर विद्यार्थी विपदमा परेकोले हाम्रो सक्रियतामा परिक्षा पर सार्न आग्रह गर्यौं र सर्यो पनि । अहिले संसदमा प्रस्तुत शिक्षा विधेयकमा पनि हाम्रा केहि सुझावहरु परेका छन् । हाम्रो मुद्दा हाम्रो एजेन्डामा सहमत हुने दल संग हाम्रो राम्रो सम्बन्ध त हुने नै भयो तर हामी मुलत हामी विद्यार्थी राजनीति मै छौं । हाम्रो मुद्दा दलले बोकेको हो । दलको मुद्दा हामीले बोकेका छैनौ ।
५. हाल अनेरास्ववियुले कस्ता कस्ता मुद्दा उठाईरहेको छ ?
→ हाम्रो प्रमुख एजेन्डा त विद्यार्थीको हितमा शैक्षिक क्रीयाकलप नै हो । अलि बिस्तारमा भन्दा हाम्रै पहलमा टियुले एकेडेमिक क्यालेन्डर बनाएर पालना गरेको छ । त्यो अवरुद्ध नहोस भन्नका लागि निरन्तर खबरदारी गरेका छौं। टियुलाई प्रबुद्ध वर्गको ट्रस्ट अन्तर्गत चलाउनु पर्छ भनेर बहस उठाईराखेका छौं । विद्यार्थीको पढाइ महँगो हुँदै गएकोले कलेजका फी नबढाउन खबरदारी र आन्दोलन पनि गरि राखेका छौं । अहिले शिक्षा रोजगारीमुलक होस् भनेर आवाज उठाईरहेको छौं । टियुको र अन्य विश्वविद्यालयको पनि कोर्स प्रतेक ५-५ वर्षमा चेन्ज हुनु पर्छ भनेर भनेका छौं । पढाइ र कमाइलाइ संगै जोडेर लैजान नीति बनाउन सम्बन्धि ठाउँमा पहल गरिराखेका छौं । अहिले तत्काल चाही हामी राष्ट्रिय विपद आएकोले नजिकका ठाउँमा सक्ने स्तरमा उद्दारकार्यमा संगठनको निर्देशन अनुसार परिचालित छौं ।
६.अलि फरक प्रसङ्गमा जाऔं , अनेरास्ववियुको २४ औं आउँदो महाधिवेसनमा तपाइको योजना के छ ?
→ मेरो व्यक्तिगत योजना भन्दा पनि संगठनकै हितका लागि सोच्ने मान्छे हो म । अधिवेसनमा नयाँ विचार नयाँ नेतृत्वको छलफल त हुने नै भयो तर म चाहि शिक्षा क्षेत्रमा आमुल परिवर्तन हुनु पर्छ भन्नेमा छु । त्यसका लागि म अहिले देखि नै साथि सर्कलसंग बसेर छलफलमा छु । २४ औं अधिवेसनमा केहि नयाँ कुरा देख्नु भयो भने त्यो मेरो एजेन्डा हुनेछन । जेन जी ( जेनेरेसन जेड : सन् १९९०-२०१० सम्म जन्मेको पुस्ता ) पुस्ता पढाइ भन्दा पनि अन्त अन्त लागेको छ , जेन जी पुस्तालाई पढाइमा , कलेजमा , विश्वविद्यालयमा फर्काउने मेरो मुख्य एजेन्डा हुनेछ । तर अधिवेसन आउन अझै ६-७ महिना बाँकी नै छ , मैले अधिवेसन केन्द्रित भएर सोची हालेको छैन । म फिल्डमै छु । हेरौं के त्यतिबेला के अवस्था आउँछ ।
७.हाल तपाई अनेरास्ववियुको केन्द्रिय सदस्यको रुपमा के कसरी कुन जिम्मेवारी सहित काम गर्दै हुनुहुन्छ ?
→ अहिले तत्काल नियमित बाहेक छुट्टै कुनै परिभाषित जिम्मेवारी छैन तर हामी कम्युनिष्ट क्याडर भएकोले हामी सधै जिम्मेवारी मै हुन्छौं । केन्द्रिय सदस्य आफैमा महत्वपुर्ण जिम्मेवारी हो । विभिन्न क्याम्पस स्तरिय , जिल्ला स्तरिय गतिविधिहरुमा संलग्न छु । नयाँ पुस्ता बीच संगठन विस्तारको अभियानमा छु । कमिटि बनाउने र विद्यार्थीको समस्याहरु सम्बन्धित निकायमा लैजाने कामहरु मै व्यस्त छु ।