समिति बैठकमा अधिकारीले भने– राज्य नै छैन जस्तो भयो

  • कालिका खवर
  • मङ्लबार, अशोज १५, २०८१
  • काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारको कमजोरीले राज्य नै नभएको जस्तो अनुभूति भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । काठमाडौँमा बाढीबाट बच्न ४ घण्टा टिनको छानामा बस्दापनि उद्धार हुन हुन नसकेको उल्लेख गर्दै उनले गृहमन्त्रीले उद्धार गर्न भिजिलिबिटी भएन भनेर जवाफ दिएको बताए ।

    ‘काठमाडौँमा भिजिलिबिटी थिएन भनेर पत्यादिनुपर्ने ?उनले अगाडि भने, ‘चाडपर्वका बेला लाखौँ मान्छे काठमाडौं बाहिर जान्छन् । प्लेनले ४ गुणासम्म भाडा बढाएको छ, सरकार कहाँ छ ?चाडपर्वका बेला मनलाग्दी बजार भाउ बढाएको छ । कसले हेर्ने, कसले नियन्त्रण गर्ने ? अहिले यस्तो भएको छ कि यहाँ राज्य नै छैन जस्तो भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs