विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु

  • कालिका खवर
  • मङ्लबार, अशोज १५, २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले विपद व्यवस्थापनका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्र बल्खुमा आज राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका हुन् । मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आरोपसमेत लगाए ।

    अभियान उद्घाटनका क्रममा प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिया पनि गरेका थिए । उनले सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने आश्वासन दिए । बल्खुको जागरण टोलमा ४१७ घर परिवार बाढीबाट प्रभावित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs