आज पनि बदली : प्रदुषण बढ्यो, तापक्रम घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २, २०८१
  • काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि बदली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बदली हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँ तथा  बाँकी प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसम बदली भएसँगै काठमाण्डौ उपत्यकासहित शहरी क्षेत्रमा प्रदुषण बढेको छ भने देशभरको तापक्रम घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs