भन्सार छलीका झन्डै ५ लाखको सामान बरामद

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १३, २०८१
  • धनगढी । कैलाली प्रहरीले झन्डै ५ लाखको भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध सामान बरामद गरेको हो । भारतीय नाकाहरूबाट भन्सार छली ल्याएको करिब ४ लाख ६२ हजार ५० मूल्य बराबरको अवैध सामानहरू फेलापारी बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार धनगढी उपमहानगरपालिकाको मिलनचोक र खेदाघाटबाट अन्दाजी ५७ हजार ५५० बराबरको कपडा र किरानाका सामान, भजनी नगरपालिकाको डक्टरघाट र ढुसीबाट अन्दाजी मूल्य २ लाख १९ हजार ५ सय बराबरको कपडा र सुर्तिजन्य पदार्थ बरामद गरिएको छ ।

    त्यसै कैलारी गाउँपालिका–५ मनिकापुरबाट अन्दाजी मूल्य १ लाख ८० हजार बराबरको आलु, गुड र मुनफली बरामद गरिएको छ, भने जोशीपुर गाउँपालिका–५ फाडियाबाट अन्दाजी मूल्य ५ हजार बराबरको चिनी बरामद गरिएको छ । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs