लेखापढीको आवरणमा हुने दलाल प्रवृत्तिलाई अन्त्य गर्छु : सीडिओ अर्याल

  • कालिका खवर
  • बुधबार, कार्तिक १४, २०८१
  • वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीडिओ कार्यालयमा लेखापढीको आवरणमा हुने दलालीको कार्यलाई अन्त्य गर्ने बताएका छन् । जिल्लाको नेतृत्व सम्हालेको दोस्रो दिन पर्साका पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो बताएका हुन् । जिल्ला प्रशासनमा आएर लेखापढीको आवरण दलाली काम गर्ने वातावरणको अन्त्य गर्ने उनको भनाई थियो । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयभित्रै राहदानी र परिचयपत्र फर्म भर्ने व्यवस्था गरिन्छ, यही परिसरमा फर्म भर्ने काम निःशुल्क हुन्छ । तर दलालीको धन्दालाई प्रोत्साहित गरिँदैन । यो वातावरणको अन्त्य नै हुनेछ ।’

    जिम्मेवारी सम्हालेको एक महिनाभित्रमा प्रशासनिक निकायबाट हुने कार्यमा ‘डिजास्टर’ ल्याउने गरी काम गरिने अर्यालले बताए ।  आफ्नो नेतृत्वको सुरक्षा समितिले नै जिल्लामा सुशासनका क्षेत्रमा प्रभावकारी ढङ्गले काम अठोट लिएको सिडिओ अर्यालको भनाई छ । उनका अनुसार यसअघि बसेका जिल्लाहरूमा उत्कृष्ट काम गरेकै कारणले उत्कृष्ट कर्मचारीको सम्मान पाएको हुँ । ‘यो जिल्लामा हरेक हिसाबले उत्कृष्ट काम गरेर देखाउनेछु,’ उनले भने । जिल्ला प्रशासन कार्यालयमा बुधवार राखिएको भेटघाटमा सिडिओ अर्यालले आफ्नो कार्यकालमा खासगरी तीन वटा काममा सुधार ल्याउने योजना रहेको सुनाए । पत्रकारहरूसँगको भेटघाटमा प्रजिअ अर्यालले समाजको विकृतिका कुरा उठान गरेसँगै सकारात्मक कुराहरू पनि उठान गरिदिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs