मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा एसपी भुवनेश्वर तिवारीलाई सम्मान

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २०, २०८१
  • अंकेत पुरी, बिरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई एक विशेष कार्यक्रमकाबीच सम्मान गरेका छन्। जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा आयोजित उक्त कार्यक्रममा एसपी तिवारीलाई शान्ति सुरक्षा, लागूऔषध तथा जुवातास नियन्त्रणमा गरेका उल्लेखनीय योगदानका लागि सम्मान प्रदान गरिएको हो।

    मुख्यमन्त्री सिंहले प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न तथा सामाजिक समस्याको नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्न सम्मान कार्यक्रमको आयोजना गरिएको बताए। धनुषा जिल्लामा अपराध न्यूनीकरण, लागूऔषधको नियन्त्रण, र जुवा–तासका अवैध गतिविधि नियन्त्रणमा एसपी तिवारीको नेतृत्वमा प्रहरीको सक्रियता महत्त्वपूर्ण रहेको भन्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारको तर्फबाट उनलाई सम्मान गोरेको कुरा बताए।

    कार्यक्रममा उच्च अधिकारीहरु, प्रदेश सरकारका प्रतिनिधिहरु, र विभिन्न सरकारी तथा गैर-सरकारी क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs