अंकेत पुरी, बिरगंज । मिति २०८१ साल कार्तिक २० गते, साझ १६:०० बजे, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्सा र प्रहरी चौकी रंगपुर, पर्साबाट प्रहरी निरीक्षक मोहनजङ बुढाथापाको कमाण्डमा खटिएको १० जनाको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं २, चापी गाउँस्थित गादी खोला साझेदारी वन क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ।
टोलीले उक्त वन क्षेत्रको लगभग १.५ कठ्ठा जग्गामा अवैध लागुऔषध गाँजाको अन्दाजी ५०० बोट फडानी गरी सोही स्थानमा नष्ट गरेको जनाएको छ। यस अभियानले अवैध लागुऔषध नियन्त्रणमा प्रहरीको प्रतिबद्धता र तत्परता झल्काएको छ।
स्थानिय स्तरमा प्रहरीद्वारा लागुऔषधका विरुद्ध सचेतना कार्यक्रमहरू र गस्ती गतिविधिहरू निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन्। समुदायलाई लागुऔषधजन्य अपराधबाट सुरक्षित राख्न यस्ता कदम आवश्यक रहेको प्रहरी प्रशासनले बताएको छ।