कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

  • कालिका खवर
  • बुधबार, कार्तिक २१, २०८१
  • चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले आज सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यको संयोजकत्वको सर्च कमिटीमा शिक्षा मन्त्रालयका सचिव र विश्वविद्यालयका सिनेटर डा. भूमिनन्द देवकोटा सदस्य छन् । सो कमिटीले गरेको सिफारिसको आधारमा सरकारले उपकुलपति नियुक्त गर्ने छ ।

    उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ । उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ । प्रा.डा. पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ । उपकुलपतिको दाबेदारको रुपमा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलिया, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा. सूर्यकान्त घिमिरे, प्रा.डा. पुष्कर दाहाल लगायत छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs