अंकेत पुरी, बिरगंज । पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरमा श्री टैरीमाई युवा क्लबको आयोजनामा शैक्षिक जनचेतना कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासन मंत्री राजकुमार गुप्ता प्रमुख अतिथि रहनुभएको थियो। उहाँले समाजमा शैक्षिक चेतनाको आवश्यकतालाई जोड दिनुभयो र युवाहरूलाई शिक्षा र ज्ञानको बाटोमा लाग्न प्रेरित गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पूर्व नगर प्रमुख दीप नारायण रौनियार, उप-प्रमुख रूबी ठाकुर, नेकपा एमाले नगर अध्यक्ष बिंध्याचल ठाकुर, नेता नेजामुदिन समानी, डा. मनोज गुप्ता, वडा नं. ८ का अध्यक्ष किशोरी साह, वडा नं. ९ का अध्यक्ष नौसाद आलम, र संचारकर्मीहरू उपस्थित थिए। उपस्थित वक्ताहरूले आफ्नो सम्बोधनमा शिक्षा, सामाजिक चेतना, र सामुदायिक सहयोगका विभिन्न पक्षमा चर्चा गरेका थिए।
श्री टैरीमाई युवा क्लबको यो प्रयासले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।