राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प

  • कालिका खवर
  • बिहिबार, कार्तिक २२, २०८१
  • वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुधवारको मतगणनापछि उनी फेरि एकपटक ह्वाइट हाउसमा फर्किने भएका हुन् । तर यो पद सम्हाल्न अब उनले कम्तीमा ७४ दिन कुर्नुपर्नेछ । अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई शक्ति हस्तान्तरण गर्छन् ।

    यस प्रक्रिया अन्तर्गत नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छन् र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ । ट्रम्पको शपथ ग्रहण समारोह जनवरी २० भन्दा पहिले हुनेछैन । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् । तथापि, राजनीतिक रूपमा भने बाइडेनसँग निकै सीमित शक्ति र अधिकार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs