भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २३, २०८१
  • काठमाडौँ : विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् । महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि विश्वविद्यालयका कुलपति जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्नसक्ने राससलाई बताउनुभयो । योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उहाँले बताउनुभयो । महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना भएको छ । विश्वभर वैदिक परम्पराको प्रवद्र्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs