महामन्त्री गगन थापा वीरगन्जको घडिअर्वा छठ घाटमा: धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २३, २०८१
  • अंकेत पुरी, वीरगन्ज ।  घडिअर्वा पोखरी – नेपाली कांग्रेसका महामन्त्री गगन थापा छठ पर्वको अवलोकनका लागि वीरगन्जको ऐतिहासिक घडिअर्वा छठ घाटमा आइपुग्नुभएको छ। महामन्त्री थापाले छठ पर्वको पवित्र अवसरमा भक्तजन र छठव्रतिहरूलाई शुभकामना व्यक्त गर्दै, यो पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो।

    छठ घाटमा उपस्थित हुन पाउँदा थापाले स्थानीय संस्कृति र परम्पराको सम्मानमा गर्व व्यक्त गर्दै यसका संरक्षणमा योगदान दिने प्रतिबद्धता जनाउनुभयो। उहाँको आगमनले त्यहाँ आएका भक्त जनमा उत्साह र उमंग थपिएको थियो। थापाले यस पर्वले नेपाली समाजलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।

    महामन्त्री थापा स्थानीय छठव्रतिहरू र सर्वसाधारणसँगको भेटघाटमा छठ पूजाको महत्त्वलाई चर्चा गर्दै यसलाई नेपाली समाजको सांस्कृतिक धरोहरको रूपमा परिभाषित गर्नुभयो। उहाँको यो अवलोकनले स्थानीय र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक टेवा पुर्‍याउने आशा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs