नेपाल सरकारका खानेपानी मन्त्री द्वारा ईनरवाको विराट कुस्ती प्रतियोगिता उद्घाटन

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २३, २०८१
  • अंकेत पुरी, बिरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित महावीर मन्दिर ईनरवामा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन्। यो प्रतियोगिता जनता समाजवादी पार्टीका उपमहासचिव एवं मन्त्री यादवको प्रमुख आतिथ्यमा तथा बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

    बिरगंज महानगरपालिका र इनरवा महावीर मन्दिर संरक्षक समाजको सहकार्यमा आयोजित यस कुस्ती प्रतियोगितामा विभिन्न क्षेत्रका खेलाडीहरूले सहभागिता जनाएका छन्। उद्घाटन समारोहमा मन्त्री यादवले कुस्ती खेल हाम्रो परम्परा र संस्कृतिको महत्वपूर्ण अंश भएको बताउँदै यसले साहस, संयम र अनुशासनको भावना जागृत गर्ने उल्लेख गरे। उनले यस्तो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न अवसर प्रदान गर्ने र नयाँ पुस्तालाई कुस्ती खेलप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा ईनरवा लगायत गाउँगाउँबाट स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो भने स्वयम्सेवकहरू र इनरवा वासी समाजसेवीहरूले पनि महत्वपूर्ण सहयोग गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs