काठमाडौँ । जापानमा जाँदा असम्बन्धित मान्छेलाई सँगै लगेर मानव तस्करीको प्रयास गरेका भनिएका कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ । प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएसँगै अधिकारीलाई काठमाडौँ प्रहरी परिसर हुँदै सरकारी वकिलको कार्यालयमा लगेको हो ।
अधिकारी कात्तिक १३ गते जापान उडे पनि अध्यागमनले फिर्ता पठाइदिएको थियो । यो प्रकरणमा यसअघि नै ६ जना पक्राउ परिसेका छन् । घटना सार्वजनिक भएपछि उनले मन्त्री र पार्टी जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।