रवि लामिछानेलाई बयानका लागि रूपन्देही लैजाने तयारी

  • कालिका खवर
  • सोमवार, कार्तिक २६, २०८१
  • काठमाडौं : सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही लाने तयारी भएको छ। कार्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा राखिएका उनलाई कास्की जिल्ला अदालतबाट थप १३ दिन हिरासत राख्न अनुमति लिएर रुपन्देही अड्डासार गर्ने तयारी भएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।

    सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ। लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ। रुपन्देही प्रहरी स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट  भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ। ‘मिलेसम्म सोमबार साँझ, प्रक्रिया ढिला भयो भने मंगलबार बिहानको उडानबाट भैरहवा ल्याउँछौँ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रन्जित सिंह राठौरले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs