अख्तियार सत्ता, शक्ति र भ्रष्टाचारको पर्यायवाची भयो : अर्जुननरसिंह केसी

  • कालिका खवर
  • सोमवार, कार्तिक २६, २०८१
  • काठमाडौँ ।  सांसद अर्जुननरसिंह केसीले आम रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ता, शक्ति र भ्रष्टाचार पर्यायवाचीको भाष्य बनेको बताएका छन् । यो भाष्य चिर्न अख्तियारले निष्पक्षतापूर्वक काम गर्न र सक्रिय हुने वातावरण बनाउन आवश्यक भएको उनले बताए । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले शक्तिको दुरुपयोग नहोस् भनेर अख्तियार स्थापना भएको बताए । उनले संवैधानिक परिषद्लाई भागवण्डा परिषद् जस्तो भएको बताउँदै असन्तुष्टि पोखे ।

    उनले भने, ‘अख्तियारसहितका संवैधानिक निकायका प्रमुख, पदाधिकारीहरू र प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी संवैधानिक परिषद्लाई छ । भागवण्डा परिषद् नबनाऔँ । तब मात्रै निष्पक्ष काम हुन्छ ।’ केसीले नीतिगत निर्णयका नाममा व्यापक भ्रष्टाचार भएको बताउँदै प्लेन खरिद र ललिता निवासको विषय यसको उदाहरण भएको बताए । उनले भने, ‘नीतिगत निर्णय नियन्त्रण भएन भने भ्रष्टाचार नियन्त्रण हुँदैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs