सेवा समूह नेपालद्वारा ट्राफिक नियम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, मंसिर ४, २०८१
  •  बिरगंज – सेवा समूह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको सहकार्यमा आज बिरगंज महानगरपालिका वडा नम्बर ८ स्थित विस्मल कलेजमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। “ट्राफिक नियम सबैले जान्नुपर्छ र मान्नुपर्छ” भन्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा सहभागिताले ट्राफिक नियमको महत्त्वबारे जानकारी लिएको छ।

    कार्यक्रमका प्रमुख वक्ताहरूले सडक सुरक्षाका उपाय, ट्राफिक संकेत, दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानी, र नियम पालना नगर्दा हुने कानुनी कारबाहीबारे विस्तृत जानकारी गराए।

    सेवा समूह नेपालका अध्यक्ष अनिकेत बुढीले आफ्नो सम्बोधनमा भने, “समाजमा सचेतना फैलाउनु हाम्रो प्रमुख उद्देश्य हो। ट्राफिक नियम मात्र नभई, हाम्रो संस्था घरेलु हिंसा, साइबर अपराध, दाइजो प्रथा, बालविवाह जस्ता समाजका विकृति विरुद्ध निरन्तर रूपमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ।”

    कार्यक्रममा सहभागीहरूले प्रश्नोत्तर सत्रमा सक्रियता देखाउँदै ट्राफिक नियमहरूबारे थप जिज्ञासा राखेका थिए। कार्यक्रममा विशेषगरी विद्यार्थी र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

    सेवा समूह नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउँदै, समाज सुधारका लागि अन्य जनचेतनामूलक र सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs