अस्वाभाविक अन्तर्राष्ट्रिय हवाई भाडा अध्ययन गर्न कार्यदल गठन

  • कालिका खवर
  • सोमवार, मंसिर १०, २०८१
  • काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो । उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित  aviation@tourism.gov.np  मा पठाइदिन कार्यदलले आग्रह गरेको छ ।

    २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माणका काम जारी रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको ‘मिलेमतो’ मा हवाई भाडामा ठगी भइरहेको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs