यातायातका १८ विचौलिया पक्राउ

  • कालिका खवर
  • शुक्रबार, मंसिर १४, २०८१
  • काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले यातायात ब्यबस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने १८ विचौलियालाई पक्राउ गरेको छ । उनीहरुलाई यातायात व्यवस्था कार्यालय पर्सा र बसपार्कबाट पक्राउ गरिएको हो ।

    यातायातमा कामबिशेषले जाने सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र बनाउनेदेखि सवारी साधनको नवीकरण तथा सवारी साधनको जाँचपास गराई दिने भनी रकम असुल्ने र बसपार्कमा यात्रीलाई अनावश्यक दुःख दिने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs