१४ मङ्सिर (२०८१), काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
महासचिव शंकर पोखरेलले आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई खादा लगाई स्वागत गर्नुभयो ।
नेकपा (एमाले)मा प्रवेश गर्नुहुनेहरूमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत हुनुहुन्छ ।
विगतमा लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा (एमाले)मै क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको बताउनुभयो ।