रामेछाप बस दुर्घटना अपडेट: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, मंसिर १४, २०८१
  • काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको छ । गोकुलगंगा गाउँपालिका ४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतको निधन भएको प्रहरीले जनाएको छ । मृतक बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित थिए ।

    गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ ।

    मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs