राधिका ढकाल, काठमाडौं । श्रीअन्तु अथवा अन्तु भन्नेबित्तिकै इलामको स्मरण हुन्छ । नेपालको सुदूरपूर्वी क्षेत्र इलामको सिद्धिखोला र मेचीखोलाबीचमा रहेको अत्यन्त रमणीय भाग हो– श्रीअन्तु । नेपालको पर्यटकीय गाउँका रूपमा श्रीअन्तु सुपरिचित छ । श्रीअन्तुको पर्यटन क्षेत्र चार हजार १४४ वर्गीकलोमिटरको क्षेत्रफलमा पैmलिएको छ । समशीतोष्ण हावापानी रहेको त्यस क्षेत्रको पूर्वमा भारतको दार्जिीलङ, दक्षिणमा जिर्मले, पश्चिममा कन्याम र फिक्कल तथा उत्तरमा पशुपतिनगर पर्छन्।
त्यस ठाउँलाई कसैले श्रीअन्तु भन्छन्, कसैले अन्तुमात्रै पनि भन्छन्। त्यस ठाउँबाट मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ। विशेषगरी कञ्चनजङ्घा हिमाल, टिस्टा नदी, ब्रह्मपुत्र नदी, दार्जिीलङ, सिलिगुडी, लहगाड, नक्साल, काकरभिट्टाजस्ता स्थल यहाँबाट राम्रोसँग देख्न सकिन्छ। इलाम, पाँचथर र ताप्लेजुङका अधिकांश भू–भाग पनि राम्ररी देख्न सकिन्छ। श्रीअन्तु सूर्याेदयको दृश्य हेर्ने स्थलका रूपमा प्रख्यात छ। कृषि पर्यटनका आधारले पनि त्यो ठाउँ अत्यन्त चर्चित छ। हरेक वर्ष हजारौँ पर्यटक यहाँ पुगेका हुन्छन्। यहाँ ‘अन्तु पर्यटन विकास केन्द्र’ नामक संस्था पनि क्रियाशील छ। त्यस संस्थाले श्रीअन्तु पर्यटकीय क्षेत्रको विकास र व्यवस्थापन मिलाउने गरेको छ ।
श्रीअन्तु प्राकृतिक छटाले सिँगारिएको सुन्दर ग्रामीण इलाका हो। त्यो स्थल समुद्री सतहबाट एक हजार ८२३ मिटर उचाइमा छ। यहाँको श्रीअन्तु नामक डाँडो नेपालमा सबैभन्दा राम्ररी सूर्याेदय देख्न सकिने डाँडो हो। यहाँबाट विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा पश्चिम, कञ्चनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, कङवचेन आदि हिमशृङ्खलालगायत नेपालको सबैभन्दा होचो भू–भाग झापा, केचनाकलनसमेत देख्न सकिन्छ।
श्रीअन्तुसम्म पुग्नका लागि पहिले पूर्व–पश्चिम राजमार्गमा पर्ने झापाको चारआली पुग्नुपर्छ। यहाँबाट मेची राजमार्गीतर लाग्नुपर्छ। मेची राजमार्ग हुँदै अगाडि बढ्दा फिक्कलभन्दा एक किलोमिटर तल छिबिटार भन्ने ठाउँमा पुगिन्छ । यहाँबाट करिब ४० किलोमिटर पक्की मोटरबाटो अगाडि बढेपछि सिद्धिखोलासम्मको सात किलोमिटर पिच बाटो जानुपर्छ। अनि सात किलोमिटरसम्म पैदलयात्रा वा गाडीमा गए आधा घण्टाको यात्रा गर्नुपर्छ। अनि मात्र श्रीअन्तुको भव्य क्षेत्रमा पुग्न सकिन्छ।
श्रीअन्तुबाट देखिने सूर्याेदयको दृश्य अभूतपूर्व सौन्दर्ययुक्त हुन्छ। सूर्याेदयको दृश्य यहाँबाट बढीमा १५ मिनेटसम्म हेर्न सकिन्छ। असोजको अन्तिम हप्तादेखि पुसको दोस्रो हप्तासम्म यहाँबाट सबैभन्दा राम्रोसँग सूर्याेदयको दृश्य देख्न सकिन्छ। फागुन मसान्तदेखि जेठ मसान्तसम्म चाहिँ बढीमा १० मिनेटसम्म सूर्यास्तको दृश्य एकदमै राम्रोसँग अवलोकन गर्न सकिन्छ। सूर्याेदय र सूर्यास्तको रमणीय दृश्य हेर्ने नेपालको सबैभन्दा सुन्दर स्थान नै इलामको श्रीअन्तु हो।
श्रीअन्तुमा पुगेपछि दृश्यावलोकन गर्नैपर्ने स्थान अरू पनि छन्। चिया बगान, चियाका बुटा हेर्दै डुङ्गामा सयर गर्न सकिने अन्तुपोखरी, पोखरीनजिकै रहेको शिव मन्दिर, लामाले गुफा बस्ने गरेको र दार्जिीलङकोे शोभा हेर्न पनि सकिने गुफा पातल, पूर्वी नेपालको सिमाना मेची नदी, धार्मिक स्थल नागेश्वरी मन्दिर, पुराना रूख र धेरै थरी जडीबुटी पाइने छाँगेवनजस्ता स्थान हुन्।तीबाहेक लाप्चा बस्तीको ज्युठी अर्थात् लाप्चा राजाको ढुङ्गेचौतारो, सिद्धि दोभान, दोभानबीचमा रहेको तर खोलाले कहिल्यै क्षति नपु¥याएको देवीस्थान, बौद्ध गुम्बा रहेको समालबुङ बजार, ६०५ वर्गीकलोमिटर भू–भागमा फैलिएको र युरोपेली बजारमा बिक्री हुने अर्थाेडक्स चियाको खेती अनि अर्किड, गोदावरी, बेगुनिया, क्याक्टस, साइकलम्यान, म्यारिज, सिजनदास, बुटलक, गुलाफ, इन्जेल्या, आस्ट्रार, सिनेरिया, डेडिया, कार्नेसन आदि जातका फूल पाइने फूलखेती पनि यहाँका प्रमुख आकर्षण हुन्।
यस क्षेत्रमा लाप्चा जातिको बसोवास छ। यो पनि यहाँको अर्काे मुख्य आकर्षण हो। नेपालभरिमा यो जातिको सङ्ख्या चार हजारभन्दा बढी छैन। उनीहरूको आफ्नै भाषा छ, आफ्नै कला, संस्कृति छ, आफ्नै वेशभूषा छ र आफ्नै प्रकारको रहनसहन छ। नेपाल र भोटबीचमा भएको युद्धमा प्रयोग गरिएका हातहतियार लाप्चा जातिका घरमा हेर्न पाइन्छ। यहाँ अनेकौँ पुराताŒिवक वस्तुको पनि अवलोकन गर्न पाइन्छ।
श्रीअन्तु डाँडालाई करिब २५ हेक्टर क्षेत्रफलमा फैलिएको अन्तुडाँडा पर्यटकीय सामुदायिक वनले ढाकेको छ। देबदार, सल्ला, धुपी, चाँप, जरे कटुस, मालतो आदि जातका रूख त्यस वनमा पाइन्छन्। बँदेल, सालक, स्याल, खरायो, मृग, दुम्सी, काँडेभ्याकुर, कालिज, जुरेली, ढुकुर, हलेसो, चिल, बेसारा काग, लाटोकोसेरो, कुक्कस आदि जनावर तथा पन्छीको आश्रयस्थल बनेको त्यस वनमा र आसपासका सुन्दर थुम्कामा वनभोज खानका लागि टाढाटाढादेखिका मानिस पुग्ने गर्छन्।
धार्मिक आधारमा हेर्दा श्रीअन्तु डाँडाबाट सूर्यको पूजा गरेमा सन्तान नभएका दम्पतीले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास रहिआएको छ। शिखर बाबा मन्दिर, शिव मन्दिर, राजारानी, अन्तु लामा–लमेनी, व्रजकाली, सिंहदेवी, सेतीदेवीजस्ता मन्दिरले त्यस ठाउँलाई शोभायमान बनाएका छन्। आन्तरिक पर्यटनमा रुचि भएका हरेक नेपालीले एकपटक मात्र होइन, पटक–पटक पुग्नुपर्ने ठाउँ हो– इलामको श्रीअन्तु। होमस्टेको व्यवस्था प्रचुर मात्रामा भएकाले श्रीअन्तुमा गएर कहाँ बस्ने होला भन्ने कुरामा कुनै पनि पर्यटकले चिन्ता मान्नुपर्ने अवस्था छैन।
कन्याममा प्रकृतिको रसपानसँगै घोडचढी र स्काइवाक
नेपालको पर्यटकीय क्षेत्रको रुपमा चिनिने इलामको कन्याम हेर्दा हरियाली अनि चियाका बगानहरूले त्यहाँको सौन्दर्यलाई आफ्नै थप सिँगारी दिएको छ। यस्तो मनमोहक प्राकृतिक सम्पदाले गर्दा कन्याम पर्यटकहरूको गन्तव्य स्थल बनेको छ। पर्यटकीय क्षेत्रको रुपमा परिचित कन्याममा चिया बगानसँगै घोडचढी व्यवसायले समेत पर्यटन प्रबर्धनमा टेवा र्पुयाएकोछ। घोडचढीका पारखीहरूलाई आफ्नो सोख पुरा गर्न अहिले सीमित ठाउँहरूमात्र छन्। जसमध्ये कन्यामको हरियालीमा घोडचढी गर्न पाउँदा देशका कुना काप्चाबाट पर्यटकहरू आउने गर्छन््। कन्यामले देशका पर्यटकलाई मात्र नभइ छिमेकी भारतको दार्जिीलङ सिक्किम, मिरिक जस्ता सहरका पर्यटकहरूलाई पनि तानेको छ।
पर्यटकको संख्या दिनहुँ बढ्दै गएपछि सूर्याेदय नगरपालिकाले घोडचढी व्यवसायी संघ नै गठन गरेर यो पेसालाई व्यवसायीक बनाएको छ।
दशक अगाडिसम्म यहाँका मानिसहरू घोडालाई सामान बोक्नका लागि मात्र प्रयोग गर्थे। पछि कन्याममा पर्यटक बढ्न थाले, संरचना पनि सुधार गरियो। त्यसपछि भने यहाँ घोडा पाल्ने व्यवसायीले पर्यटक बोक्नका लागि घोडाको प्रयोग गर्न थाले। मोटर गाडीको प्रयोग बढ्न थालेपछि सूर्याेदयमा घोडाको प्रयोग कम हुन थालेको थियो। गाडीमा सामान बोकाउँदा छिटो पनि हुने, घोडामा जस्तो सास्ती पनि हुने कारणले यहाँ सामान बोक्न घोडाको प्रयोग कम गरियो र सामान बोक्ने घोडालाई वैकल्पिक रूपमा प्रयोग गर्न थालियो। हाल त्यस क्षेत्रमा ३ दर्जनभन्दा बढी घोडाहरू व्यवसायीक रूपमा रहेका छन्। यी तीन दर्जन घोडाहरूले पालैपालो पर्यटकलाई घुमाउँछन्। घोडाबाट दृश्यावलोकन गराएर व्यवसायीले पनि मासिक ५० हजार भन्दा बढि आम्दानी लिँदै आएका छन् ।
कन्याममा स्काई वाक
पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्याेदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ। साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो। कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतमा निर्माण सम्पन्न् भएको हो। यस परियोजनामा विशेष गरेर महिलाहरूले लगानी गरेको बताइएको छ। निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ। सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक ९आकाशको हिँडाइ० भनिएको हो।
डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न् भएको हो। यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ। परियोजनाअन्तर्गत सुविधा सम्पन्न् रेष्टुरेन्टसमेत रहेको छ। रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ। नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ। सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएको परियोजनाका इन्जिनियर सञ्जीव रोकाले बताए। उनका अनुसार यहाँबाट मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ।
नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस परियोजनाले अझै पर्यटक थप्ने अपेक्षा लिइएको छ। नगरमा पर्यटकको सङ्ख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले बताए। सूर्याेदय नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका हो। सोही कारण अहिले पनि धेरै भारतीय पर्यटक यहाँ आउने गरेका छन्। साहसिक पर्यटनसँगै साइकलका सौखिनहरु यहाँ आउने अपेक्षा लिइएको छ। सूर्याेदय नगरपालिकाभित्र रहेका कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थानमा बढी संख्यामा पर्यटक आएकैले प्रदेश नं १ सरकारले पर्यटकीय नगरी भनेर घोषणा समेत गरिसकेको छ।