प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

  • कालिका खवर
  • सोमवार, मंसिर १७, २०८१
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् सहकारी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणको सिलसिलामा सोमबार चीन भ्रमणमा गएपछि राष्ट्रपतिले उनको अनुपस्थितिमा गर्नुपर्ने दैनिक प्रशासनिक कार्य गर्नका लागि संविधान बमोजिम सिंहलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs