भन्सार छलिई ल्याइएका करिब डेढ लाख रुपैयाँ बराबरका मिठाई नियन्त्रणमा

  • कालिका खवर
  • सोमवार, मंसिर १७, २०८१
  •  

    अनिकेत कुमार पुरी, बीरगञ्ज : बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध मिठाई बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक सप्रसनि कुलदीप पाण्डेको कमाण्डमा खटिएको १० सदस्यीय चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइँदै गरेका करिब १ लाख ४८ हजार ९ सय रुपैयाँ बराबरका विभिन्न प्रकारका मिठाई नियन्त्रणमा लिएको हो।

     

    सशस्त्र प्रहरीको अनुसार, ती मिठाईहरू विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याइँदै थिए। चेकिङका क्रममा शंका लागेर गरिएको निरीक्षणमा ती सामान फेला परेको हो। बरामद गरिएका मिठाईहरूलाई आवश्यक कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

     

    सशस्त्र प्रहरीले अवैध सामानको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

     

    • यो घटनाले सीमा क्षेत्रमा भन्सार छलेर हुने तस्करीको जोखिमलाई थप उजागर गरेको छ। स्थानीयवासीले पनि यस्ता गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs