बोपाराको अर्धशतक मद्दतमा कर्णालीलाई १३१ रनको लक्ष्य

  • कालिका खवर
  • शुक्रबार, मंसिर २१, २०८१
  • काठमाडौं । रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र१३० रन बनाएको हो ।

    कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs