नागार्जुनबाट ९ जना जुवाडेहरू पक्राउ

  • कालिका खवर
  • आइतवार, मंसिर २३, २०८१
  • काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित गैरी गाउँबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रिड मोडल स्कुल नजिकै रहेको हर्कबहादुरको घरमा सञ्चालित जुवा खालबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    जुवाखालबाट २ लाख ९९ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेमा गोरखा घर भएका दोर्जे लामा, हर्कबहादुर गुरुङ, राजु गुरुङ, पेम्बा ग्याल्वो, थिले लामा, मनाङको चामे घर भएकी रञ्जना लामा र विजय माया गुरुङसहित ९ जना छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs