२६७६ अंकमा झर्‍यो सेयर बजार, घट्यो कारोबार

  • कालिका खवर
  • सोमवार, मंसिर २४, २०८१
  • काठमाडौँ । सोमबार सेयर बजार परिसूचक (नेप्से) १२.८४ अंकले घटेको छ । दोहोरो अंकल बजार घट्दा परिसूचक २६७६ बिन्दुमा ओर्लिएको छ । आज कुल १३८ कम्पनीको सेयर मूल्य घटेको छ । ९२ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनी मूल्य स्थिर रह्यो ।

    सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी शीर्ष स्थानमा रह्यो । यसको ३५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडका शेयर धनीले कमाए । यो कम्पनीको मूल्य ८.७६ प्रतिशतले बढेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs