काठमाडौं । नेपालका चिनी उद्योगीहरूले भारतबाट भइरहेको चिनी तस्करी तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
चिनी उद्योगीहरूले मंगलबार काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन गर्दै तस्करीकै कारण स्वदेशी चिनीले बजार पाउन नसकेको र यसले उद्योग सञ्चालनमा गम्भीर समस्या ल्याएको बताए।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले अहिले ३५ प्रतिशत मात्र चिनी उद्योग सञ्चालनमा रहेको जानकारी दिए। तस्करीको चिनीले बजार ओगट्दा स्वदेशी उत्पादन बिक्री हुन नसकेको उनले बताए । यो अवस्था नसुध्रीए किसानले भुक्तानी नपाउने अवस्था समेत आउन सक्ने अध्यक्ष अग्रवालले जनाए ।