काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित

  • कालिका खवर
  • बुधबार, मंसिर २६, २०८१
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । १०४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोरेको हो । जारी प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी लायन्सले एक म्याचमा मात्र जित हासिल गरेको छ ।

    लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमाडौँ गुर्खाजका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिए । काठमाडौँ गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाएका थिए । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs