पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

  • कालिका खवर
  • बिहिबार, मंसिर २७, २०८१
  • काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा हार व्यहोरेर कमब्याकको लक्ष्यसहित आएका छन् । अंकतालिकामा दुवै टोलीको अवस्था समान छ । ४ खेलमा १ जितसहित २ अंक जोडेका छन् । नेटरनरेटमा पोखरा केही अघि छ ।

    आजको खेल जित्ने टोली प्लेअफको दौडमा अगाडि रहनेछ भने पराजित हुने टोलीका लागि प्लेअफ यात्रा निकै कठिन बन्ने छ । पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ । म्याट क्रिट्ले, दिलिप नाथ र आकाश चन्द बाहिरिएका छन् भने जेन मलिक, किरण ठगुन्ना र तृत राज दास भित्रिएका छन् । त्यसैगरी विराटनगरले दुई परिवर्तन गरेको छ । आकिब इलियास र सुवास भण्डारी बाहिरिँदा स्कट एड्वार्ड्स र अनिल खरेल भित्रिएका छन् ।

    पोखरा एभेन्जर्स प्लेइङ ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, तृत राज दास, माइकल लिस्क, नारायण जोशी, किरण ठगुन्ना, विपिन खत्री, सागर ढकाल, जेन मलिक

    विराटनगर किंग्स प्लेइङ ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछाने, अनिल खरेल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs