जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

  • कालिका खवर
  • बिहिबार, मंसिर २७, २०८१
  • काठमाडौँ : जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

    उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs